काठमाडौँ ६ अपडेट:  रास्वपा खनालको अग्रता, एमाले खनाल पछि पछि

काठमाडाैं | मंसिर ७, २०७९

काठमाडौँ ६ अपडेट:  रास्वपा खनालको अग्रता, एमाले खनाल पछि पछि

काठमाडौँ:  काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उहाँले ११ हजार छ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले  जानकारी दिनुभयो ।


यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले छ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले छ हजार सात सय ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।


उक्त क्षेत्रमा  २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको उक्त  कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो । बैसठ्ठी हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्